कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पाटीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुरुबाटै अग्रता बनाइरहेकी छन् ।

२४,५४८ मत गणना गर्दा सम्म सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका कांग्रेसका पूर्व मन्त्री रामजनम चौधरी भन्दा रन्जिता श्रेष्ठ झण्डै दोब्बर मतले अघि पुगेकी छन् ।

रन्जिताले ११,३९४ मत पाउँदा राम जनमले ६,७८६ मात्रै पाए । यहाँ एमाले तेस्रो स्थानमा छ । एमालेका तपेन्द्रबहादुर रावलको मत २३७१ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय