
हालसम्म आएको मतपरिणामअनुसार देशभर २२ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
सबैभन्दा बढी नेपाली कांग्रेसले १३ सिटमा, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले ३/३ सिटमा जीत हात पारेका छन् ।
नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः १/१ सिटमा जीत हात पारेका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट विजयी भएका छन् । उनले डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याएर जीत हात पारेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट २१ हजार ३०२ मत ल्याएर निर्वाचित भएका छन् ।
कांग्रेसका अर्का चर्चित युवा नेता प्रदीप पौडेल काठमाडौं–५ बाट १५ हजार २३७ मत ल्याएर निर्वाचित भएका छन् । काठमाडौं–१ बाट प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् ।
ललितपुर–१ बाट उदयशम्शेर जबरा २३ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । काठमाडौं–१० बाट सन्तोष चालिसेले १५ हजार १५८ मत ल्याएर निर्वाचित भएका छन् भने काठमाडौं–१० बाट राजेन्द्रकुमार केसीले १४ हजार ४५८ मत ल्याएर चुनाव जितेका छन् ।
सुर्खेत–२ बाट हृदयराम ठानीले ३४ हजार ६२५ मत, पर्सा–४ बाट रमेश रिजालले ३१ हजार १४२ मत, शंकर भण्डारीले तनहुँ–२ बाट ३० हजार ६०४ मत ल्याएर निर्वाचित भएका छन् ।
रसुवाबाट मोहन आचार्यले १८ हजार २३५ मत ल्याएर विजयी भएका छन् । मुस्ताङबाट योगेश गौचन थकालीले ३ हजार ९९२ मत र मनाङबाट टेकबहादुर गुरुङले २ हजार ५७५ मत ल्याएर चुनाव जितेका छन् ।
नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौं–९ बाट ११ हजार ९५६ मत ल्याएर चुनाव जितेका छन् । ललितपुर–२ बाट प्रेमबहादुर महर्जनले १५ हजार २५ मत र उदयपुर–२ बाट अम्बरबहादुर रायमाझीले १५ हजार २५१ मत ल्याएर चुनाव जितेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि ३ जना प्रतिनिधि सभामा निर्वाचित भएका छन् । काठमाडौं–२ बाट सोविता गौतम १५ हजार २२९ मत ल्याएर निर्वाचित भएकी छन् । काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठले १० हजार १०५ मत र काठमाडौं–७ बाट गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले अछाम–१ बाट १९ हजार ५३४ मत ल्याएर चुनाव जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशम्शेर जंगबहादुर राणा २९ हजार ५७७ मत ल्याएर बाँके–२ मा निर्वाचित भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली–३ बाट २३ हजार १२० मत ल्याएर निर्वाचित भएका छन् ।