बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् ।

खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६ र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय