रुवाती अग्रता कायम राख्नुभएका थापाले झिमरुक गाउँपालिकाको मत गणना हुँदा मतान्तर घटेको थियो । माण्डवी गाउँपालिकाको मतगणना हुँदा थापाले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएकी दुर्गा पौडेललाई ४ हजार ६६ मतले पछाडि पार्नुभएको छ ।

थापाले ७ वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म २७ हजार ९ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पौडेलले २३ हजार ९ सय २३ मत प्राप्त गर्नुभएको छ । हालसम्म नौबहिनी, सरुमारानी, गौमुखी, झिमरुक, मल्लरानी र माण्डवी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

अब प्रतिनिधि सभातर्फ स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ ।

प्रदेश सभामा पनि एमालेकै अग्रता
दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा सुरुवातदेखि नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रदेश सभा क मा एमालेका तुल्सीराम शर्माले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीलाई पछाडि पार्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार शर्माले १० हजार ७८ मत प्राप्त गर्नुभएको छ भने अधिकारीले ८ हजार १ सय ५१ मत प्राप्त गर्दै १ हजार ९ सय २७ मतको मतान्तर रहेको छ ।

त्यसैगरी प्रदेश सभा ख मा एमालेका हरि प्रसाद रिजालले ११ हजार ६ सय ७६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सरोज थापाले १० हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय