पश्चिम नवलपरासी प्रतिनिधिसभा २ को प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार खड्गबहादुर बस्नेत विजयी भएका छन् । बस्नेत १२ हजार ४ सय ४९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका आशीष प्रधानले १२ हजार ३ सय ७८मत प्राप्त गरेका छन् । ७१ मतको झिनो अन्तरले बस्नेत विजयी भएका हुन् ।

यद्यपि यसबारे निर्वाचन आयोगले आधिकारिक घोषणा गरिसकेको छैन । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा दाबी प्रस्तुत गरेका बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विजय भएपछि बस्नेतले मतदाताले विश्वास गरेर दिएको अभिमतको सम्मान गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय