७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँसो करिब साढे तीन बजेदेखि स्थगित भएको हो ।

क्षेत्र नम्बर १ मा कर्मचारीले उम्मेदवारका प्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै विरोधसहित मतगणना रोकिएको हो । मतगणना गराउन हाल सो स्थानमा सर्वदलीय बैठक बसिरहेको छ ।

इलाम–१ मा १ लाख ९ हजार ५३५ मतदाता भए पनि ५९ हजार ९०६ मत मात्र खसेको थियो । मंगलबार राति करिब १० बजेसम्म २३ हजार ८६४ मत गणनाको नतिजा सार्वजनिक हुँदा एमालेका महेश बस्नेतले १ हजार ५०७ मतले अग्रता बनाएका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

प्रदेशसभाको २ वटै क्षेत्रमा गठबन्धनले अग्रता बनाइरहेको छ । इलाम क्षेत्र १ को प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बुले ५ हजार ५७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शोभा पराजुलीले ४ हजार ४०२ र इलाम क्षेत्र नम्बर १ को (२) मा नेपाली कांग्रेसका शम्शेर राईले अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपककुमार थेवेले ५ हजार ४५१ मत ल्याउँदा राईले ५ हजार ६४६ मत ल्याएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा मतगणना भइसकेको मतपत्रहरु बाहिर फेला परेको भन्दै विरोध भएपछि गणना रोकिएको छ । मतगणना गराउनका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

यसअघि भएको मतगणनामा एमालेका सुवास नेम्वाङले १० हजार ४ सय ४० पाएका छन् भने निकटतम कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा एमालेका उम्मदेवार राम रानाले ९ हजार २६९ मत प्राप्त गरेर अग्रता लिएका छन् भने माओवादीका हर्क लावती कान्छाले ७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय