स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ।

हालसम्मको मतगणनामा नेकपा एमालेले २८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ प्रतिशत मत ल्याएको छ। जारी मतगणनामा एमालेले १ लाख ५६ हजार ८ सय ४५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३६ हजार ७ सय ६६ मत प्राप्त गरेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी मतगणनामा तेश्रो स्थानमा छ। उसले १२ दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ। रवि लामिछाने नेतृत्वको नयाँ दलले हालसम्ममा ६९ हजार ८ सय ८७ मत प्राप्त गरेको छ।

स्वतन्त्र पार्टी भन्दा केही कम मत माओवादी केन्द्रको छ। तर माओवादी केन्द्रले स्वतन्त्र पार्टीसँगको मतान्तर निरन्तर कम गरिरहेको छ। माओवादी केन्द्रले ६६ हजार ३८ मत प्राप्त गरेको छ। जुन १२ दशमलव १ प्रतिशत हुन आउँछ। माओवादीपछि राप्रपाले ३७ हजार १ सय ६७ मत ल्याएको छ।

Esewasoftwaricanic
यी बाहेक अन्य दलहरुले ३ प्रतिशत मत प्राप्त गर्न सकेका छैनन्। प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटको बाँडफाँडका लागि दलहरुले ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ।

जसपा नेपालले २ दशमलव २ प्रतिशत, जनमत पार्टीले २ दशमलव ३ प्रतिशत, नेमकिपा र एकीकृत समाजवादीले समान १ दशमलव ५ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले १ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै अन्य दलहरुले प्राप्त गरेको मत ५ दशमलव ८ प्रतिशत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah