कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ । डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए ।

२०७४ सालमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय