
एक मात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी भएको जानकारी दिएको छ । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै शाही विजय हुनु भएको हो ।
शाहीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) का गोमा गौतम कुँवरले .११ हजार ९५९ मत प्राप्त गर्नुभयो । जुम्लामा सत्ता गठबन्धनका मत र नेकपा एमालेका समेत मतसमेत पटक जनताले ज्ञानेन्द्रलाई मत दिएर विजय गराएका छन् । विजय भएपछि ज्ञानेन्द्र शाहीले भन्नुभयो, ‘‘मेरो मत ५९० मत थियो तर जुम्ली जनताले माया गरेका छन् । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । लामो कालखण्डमा जुम्लाले नेतृत्व गर्न नसकेकाले आफ्नो त्यो उद्देश्य छ ।’’
जुम्लामा जम्मा खसेको ६८ हजार ६ सय ३८ मत मध्य ४५ हजार २ सय ८४ मत खसेको थियो । जसमा राप्रपाका शाहीलाई २२ हजार ८१९..मत प्राप्त भएको हो । यद्यपि जुम्लामा शाहीले प्रचार गर्दा राप्रपा पार्टीको नामै नलिएर व्यक्ति र हलो चिन्हको प्रचार मात्रै गर्नु भएको थियो ।
जुम्लाको संसदीय निर्वाचनको इतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले विजय हासिल गरेका थिए ।