
बिहीबार बिहान ३ बजे निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याकंअनुसार एमाले र कांग्रेसले समानुपातिकतर्फ ४ लाख मत कटाएका हुन्।
आयोगका अनुसार एमाले ४ लाख ३९ हजार ३७ मतसहित समानुपातिकतर्फ पहिलो र कांग्रेस ४ लाख २ हजार ५०३ मतसहित दोस्रो स्थानमा छन्। प्रतिनिसभा र प्रदेशसभा निर्वाचनको संघारमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख २७ हजार ९५८ मतसहित समानुपातिकतर्फ तेस्रो स्थानमा छ।
नेकपा माओवादी केन्द्र १ लाख ७४ हजार ४६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख २१ हजार २६९ मतसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन्। जनता समाजवादी पार्टी (जसपा) ले ५७ हजार २०२ मत पाएको छ।
प्रदेशसभा समानुपातिक मत : मधेशमा कांग्रेस पहिलो, अन्य प्रदेशमा कुन दल अगाडि?
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समानुपातिकतर्फ ३८ हजार ४३१ मत प्राप्त गरेको आयोगले जनाएको छ।
उसलाई आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादी २७ हजार ६७१ मतसहित पछ्याइरहेको छ। मुलुक विखण्डको राजनीति छाडेर मुलधारको राजनतिमा आएको जनमत पार्टीले २७ हजार ४६० मत पाएको छ।
पछिल्लो मत परिणाममा स्थानीय तह निर्वाचन २०७९ अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले २५ हजार १७७ मत पाएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख गरिएको छ।