प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल हो ।

नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३२ हजार १०८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय