
काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् ।
बिहीबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाममा बास्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
बास्कोटाले २२ हजार ४२७ र हुमागाईले २१ हजार ३०३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइले ६ हजार ३१६ मत पाएका छन् ।
प्रदेश सभा १ तर्फ नेकपा एमालेका कुमार खकुरेल अगाडि छन् । खकुरेलले १३ हजार २०३ र एकीकृत समाजवादीका लक्ष्मण लम्सालले १३ हजार १८५ मत पाएका छन् ।
प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका कन्चनचन्द्र बादे अगाडि छन् । उनले १५ हजार २२३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कुमार थापाले ११ हजार ९७९ मत पाएका छन् ।