धनकुटा प्रदेशसभा क्षेत्र नं-२ को प्रत्यक्षतर्फको मतगणना सकिएको छ। जसका आधारमा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन् । आधिकारिक घोषणा हुन भने बाँकी छ।
खसेको सदर मत ३१हजार ७सय८७ मध्ये पराजुलीले १५हजार ७सय९७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी कुशुमकुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत पाएकी छिन् ।
विजेता पराजुली दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्। उपविजेता श्रेष्ठ पनि यसअघि प्रदेशसभा सदस्य थिइन्।



