प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट नेकपा एमालेका हरि बहादुर राईलाई ३ हजार ८८७ मतले पछि पार्दै मुख्यमन्त्री राई निर्वाचित भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव समेत रहेका राईले १६ हजार ११० मत प्राप्त गरेका हुन् । एमालेका हरि कुमार राईले १२ हजार २२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय