मङ्गलबारे– इलाम-२ (२) मा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनले वाम-लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत माओवादी केन्द्र) का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार एक सय ७६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय