
मोरङ निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी प्रदेश नम्बर–१ प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामनुसार पराजुलीले ११ हजार ७८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी प्रदेश–१ का पूर्वसामाजिक विकास मन्त्री तथा नेकपा (एमाले)का उमदेवार जीवन घिमिरेले नौ हजार ६९१ मत ल्याए ।
तेस्रो स्थानमा रहेका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाए । एक हजार ७८८ मतान्तरले पराजुली निर्वाचत भएका हुन् ।