नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकमा रहेकाे निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्ताे बताउनुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले देशमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार चुनावकाे परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले अबको एक/दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । यो चुनाव परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको उहाँले तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय