
नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्। पूर्वआइजीपीसमेत रहेका प्रधानले नेपाली कांग्रेसका देबेन्द्रराज कँडेललाई १५ हजार ३६५ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।
प्रधानले ३४७५९ मत पाएका छन्। पूर्व गृहराज्यमन्त्री समेत रहेका कँडेलले १९५९४ मत पाएका छन्। तेस्रोमा रहेका एमालेका दीपेन्द्रकुमार अधिकारीले १४४९८ मत पाएका छन्।
२०५६ देखि नवलपरासीबाट चुनाव लड्दै आएका प्रधानले चौथो पटक संसद प्रवेशका लागि उम्मेदवार दिएका कांग्रेसका उम्मेदवार कँडेललाई रोक्दै आफ्नो चौथो प्रयासलाई सफल बनाएका छन्। यस क्षेत्रबाट सधैं प्रधान र कँडेल चुनाव लड्दै आएका थिए। यसअघि एका निर्वाचनमा कँडेलले फराकिलो मतान्तरले प्रधानलाई पराजित गर्दै आएका थिए।
फराकिलो मतान्तरको जवाफसहित विजयी भएका प्रधानले २०७४ सालमा पार्टीलाई समानुपातिकमा समर्थन गर्ने गरी कांग्रेसका उम्मेदवार कँडेललाई समर्थन गरेका थिए। २०५६ र २०७० मा तत्कालीन निर्वाचन क्षेत्र नं. ४ र ५ बाट उम्मेदवारी दिएका प्रधानले २०५८ को निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए।
२०५१ सालदेखि २०७४ सम्म भएका ५ वटा चुनावमा पूर्वगृहराज्य मन्त्रीसमेत रहेका कँडेलले ३ पटक चुनाव जितेका थिए। कँडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।