गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) ले अग्रता कायम राखेको छ।

समानुपातिकतर्फको मतगणनामा सुरुवातदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म १० लाख ७५ हजार ४१३ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। हालसम्म कांग्रेसले १० लाख २८ हजार १८५ मत पाएको छ।

रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख मत कटाएको छ। हालसम्म यो पार्टीले पाँच लाख ८ हजार ७६९ मत पाउँदै तेस्रो स्थानमा छ।

त्यस्तै, चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ७३ हजार १३६ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७१ हजार ५४२ मत पाएको छ। यो अवधिसम्ममा जनता समाजवादी पार्टी नेपालले एक लाख ३१ हजार ४५१ मत ल्याएको छ।

त्यस्तैगरी, जनमत पार्टीले ७९ हजार २८४, नागरिक उन्मुक्ति पार्टीले ७९ हजार २३८, नेकपा (एकीकृत समाजवादी)ले ७६ हजार ३१९ र नेपाल मजदुर किसान पार्टीले ५७ हजार ५५९ मत पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५५ हजार ९७९ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३२ हजार ८३८ मत पाएको छ।

राष्ट्रिय जनमोर्चाले भने २९ हजार ९२० मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले २० हजार ९३४ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादीको ११ हजार ५७९ मत पाएको छ। नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv