
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन् ।
यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका राउत यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित भएका थिए । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ ।
स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए ।