गत आइतबार भएको चुनावको शुक्रबार मतगणना जारी छ । शुक्रबार दिउँसो २ बजेसम्म ११५ सिटको अन्तिम नतिजा आएको छ । यति बेलासम्म नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले ४३ सिट जितेको छ । अझै ९ सिटमा उसको अग्रता छ ।

यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले अहिलेसम्म ३२ सिटमा जित पाइसकेको छ भने १५ सिटमा अग्रता छ । यस्तै तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १२ सिटमा जित हात पार्दा ६ स्थानमा अग्रता बनाएको छ । चौथो स्थानको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । अब उसको अग्रता कतै छैन ।

यस्तै पाँचौँ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने १ सिटमा अग्रता छ । राप्रपाले ५ सिट जितेको छ भने २ सिटमा अग्रता छ । जसपाले ३ सिटमा जित र ३ सिटमा अगाडि छ । अन्यले १३ सिटमा जितेका छन् भने १ सिटमा अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय