नेकपा एमालेले कास्कीका तीनवटै प्रतिनिधि सभा क्षेत्र जितेको छ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बराललाई हराउँदै एमालेका मनबहादुर गुरूङ विजयी भए। गुरूङले २५ हजार ७ सय ८ मत र बरालले २३ हजार १ सय ८९ मत ल्याए।

कास्की २ मा पनि एमालेले जितेको छ।

कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई निर्वाचित भइन्। भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी हुन्। भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए।

Esewasoftwaricanic
कास्की ३ मा एमालेकै दामोदर पौडेल वैरागी निर्वाचित भए। उनले २२ हजार ९ सयउ ८० मत ल्याएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल जीवन पराजित भए। उनले १७ हजार ५ सय ३५ मत ल्याएका छन्।

कास्कीमा प्रदेश सभातर्फ २ क्षेत्र कांग्रेस बाँकी सबै एमालेले जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय