काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए । उनले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताए । उनले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए ।

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरू गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय