
रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याउनु भएको छ । भुसालले २१ हजार ३०८ मत ल्याउनु भएको छ।