बाजुराको बूढीनन्दा-४ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।

४ मंसिरमा मतदानका क्रममा विवाद भएपछि बूढीनन्दा-५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रको मतदान स्थगित भएको थियो । यो मतदान केन्द्रमा ९९९ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले मतदान शान्तिपूर्ण रूपमा चलिरहेको बताए ।

मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा आइतबार कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय