समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमाले २४ लाख २९ हजार ५५ मतका साथ पहिलाे, नेपाली कांग्रेस २३ लाख ९ हजार ६९२ मतका साथ दाेस्राे हुँदा माओवादी केन्द्र १० लाख ८ हजार ७२० मतका साथ तेस्रो स्थानमा छ । आइतबार अपराह्नसम्म ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा दलहरूले साे संख्यामा मत पाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ९० हजार ९९९ मतका साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ मत पाएकाे छ ।

छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएकाे छ भने नेकपा एकीकृत समाजवादी २ लाख ३७ हजार २९५ मतका साथ साताैँ स्थानमा छ ।

जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएका छन् ।

थ्रेसहाेल्ड कटाउनका लागि सवा तीन लाखहाराहारी मत चाहिने देखिन्छ । पाचाैँ स्थानमा रहेका दलहरूले थ्रेसहाेल्ड कट्ने निश्चितजस्तै छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी र साताैँ स्थानमा रहेकाे एकीकृत समाजवादीले थ्रेसहाेल्ड कटाउने सम्भावना कम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय