काठमाडौं : इलाम १ बाट एकीकृत समाजवादीका नेता झलनाथ खनाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ६५४ मतान्तरले पराजित गर्न सफल भएका छन् । जसमा बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन् । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता खनाललाई सत्ता गठबन्धनका कांग्रेस, माओवादीलगायत दलहरूले समर्थन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय