विश्वकप फुटबल अन्तर्गत पोर्चुगलले लगातार दोस्रो जित हासिल गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराती सम्पन्न समुह एचको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नानडेजले गरेका हुन् । ब्रुनोले पहिलो गोल खेलको ५४औं मिनेटमा गरेका थिए भने दोस्रो गोल खेलको ९३औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।

यो जितपछि पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र नकआउट चरणमा पुगेको छ ।

पोर्चुगल फ्रान्स, ब्राजिलपछि अन्तिम खेल नाखेल्दै नकआउट चरणमा पुग्ने तेस्रो टिम बनेको छ ।

त्यस्तै उरुग्वेको भने यो हारपछि नकआउट चरणको यात्रा कठिन हुने देखिएको छ । अब उरुग्वेले आफ्नो अन्तिम खेल घानाविरुद्ध खेल्ने छ, जुन खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह एचमा घानाको २ खेलमा ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको १-१ अंक रहेको छ ।

त्यस्तै पोर्चुगलले अब अन्तिम खेल भने दक्षिण कोरियाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय