
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
मंगलबार बिहान साढे ६ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ७० हजार ८२३ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमा । उक्त पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ४९ हजार १९८ मत पाएको छ ।