१३ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । सोमबार छापावाल सुनको मूल्य ९७ हजार ४ सय र तेजावी सनुको मूल्य ९७ हजार रुपैयाँ तोकिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार चाँदीको प्रतितोला मूल्य सोमबारकै मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।