हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन्।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘देश भ्रष्टाचारले बिग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलाे एजेन्डा हाे। सञ्चार क्षेत्रको विकास र पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनेछु। यो क्षेत्रको सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिइनेछ। डोजरआतंकले बाढीपहिरोको जोखिम बढाएको छ। अनावश्यक सडक काटिएका छन्। अहिले सडकमा सवारीसाधन नै सञ्चालनमा छैनन्। यस्ता विकृतिलाई पनि रोक्नेछौँ।’

प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले कांग्रेस पार्टीले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए। उनले भने, ‘पार्टीले अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनुपर्‍यो। अहिले जुम्लाबाट प्रतिनिधिसभा र प्रदेश सभा गरी हामी तीनजना सांसद निर्वाचित भएका छौँ । हामी एक–आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासका लागि काम गर्नेछौँ। स्थानीय स्तरबाट योजना बनाएर कार्यान्वयन गर्नेछौँ।’

राजनीतिलाई पेसा–व्यवसाय नबनाएर सेवाका हिसाबले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकीकरणका आधारमा अगाडि बढ्ने उनले बताए।

‘कृषि क्षेत्रको विकासमा विशेष जोड दिनेछौँ। कृषि क्षेत्रमा उत्पादन, भण्डारण र बजारीकरणलाई प्रथामिकता दिनेछौँ। देश संघीय संरचनामा छ। केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहका सरकार छन्। आ–आफ्ना क्षेत्रगत तहका योजनामा काम गर्नेछौँ। साना–साना कनिका छराई बजेट र योजना बनाउने छैनौँ। ठूला योजना–आयोजना निर्माण गर्नेछौँ,’ उनले भने।

प्रदेश सभा सदस्य टेकराज पछाईले जुम्ला समृद्ध बनाउने आफ्नो योजना रहेको बताए। उनले भने, ‘प्रदेश (ख) तर्फ जुम्लामा चारवटा गाउँपालिका छन्। यिनै पालिकामध्ये सबैभन्दा पछि परेको कनकासुन्दरी गाउँपालिकाको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडि परेका छन्। बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिनेछ।’

सिँजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्म–गमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे।

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गलत कामविरुद्ध खबरदारी गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah