विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै नकआउट राउण्डमा पुगेको हो ।

अस्ट्रेलियाको जितमा खेलको ६०औं मिनेटमा म्याथ्यु लेकीले गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

यो जितपछि अस्ट्रेलिया ३ खेलमा ६ अंकसहितसहित उपविजेता बनेर नकआउट राउण्डमा पुगेको छ ।

यस समुह डी बाट फ्रान्स यस अघिनै नकआउट चरणमा पुगेको छ । फ्रान्सले समुह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १-० गोलको हार बेहोरेको भएपनि ३ खेलमा ६ अंक हासिल गरेर समुह विजेता हुदै नकआउटमा पुगेको छ ।

यस समुहबाट ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् । ट्युनिसियाको ३ खेलमा ४ अंक रहेको छ भने डेनमार्कको ३ खेलमा १ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय