निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।

मन्त्री कार्कीको जितसँगै कुसियैतको सत्तारोहणको सम्भावना टुंगिएको छ । मन्त्री कार्कीले सम्भावनाको ढोका खोलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर