यौनसुखको लोभ देखाएर युवकलाई जंगलमा पुर्‍याएपछि…

यौनसुखको लोभ दिएर युवकलाई जंगलमा पुर्‍याएपछि विचित्र शैलीमा लुट्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले अहिलेसम्म यस्तै विचित्र तरिकाले कैयौं युवकलाई लुटेको खुलासा भएको छ । गिरोहमा पति पत्नी नै संलग्न भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्राप्त जानकारी अनुसार पत्नीले यौनसुखको लोभ देखाएर युवकहरुलाई फसाउँथिन् । त्यसपछि उनलाई लिएर जंगलमा जान्थिन् । जंगलमा पुगेपछि उनले आफ्ना कपडा खोल्थिन् । त्यही बेलामा पती आफ्ना केही साथीहरुसँग् आउँथे र युवकलाई डर, धम्की देखाएर लुट्ने गर्थे । प्रहरीसँग यस्ता गुनासा धेरै आए पनि कुनै सुराग प्राप्त हुन सकेको थिएन । हालै एक पीडितका भाइले ग्राहक बनेर प्रहरीलाई सहयोग गरेपछि घटनाको पर्दाफास भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

गिरोह भारतको इन्दौर लालबागको भएको बताइएको छ । यहाँका रुबिना र सादिक नामका पति पत्नी पक्राउ परेका हुन् । उनीहरुसँगै अन्य तीन महिला पनि यस्तो काममा संलग्न रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार रुबिना सडकमा हिँड्दा हिँड्दै पैसावाला युवकलाई इशारा गर्थिन् । जब युवकले उनीप्रति चासो देखाउँथे त्यसपछि हिँड्दाहिँड्दै मोलमोलाइ हुन्थ्यो । मोलमोलाइपछि रुबिनाले पति सदिकलाई यसबारे सूचना दिन्थिन् । त्यसपछि युवकलाई यस्तो ठाउँमा लिएर जान्थिन् जहाँ सुनसान हुन्थ्यो ।

सुनसान ठाउँमा पुगेपछि उनले आफ्ना कपडा खोल्थिन् । जब सम्पर्कको बेला हुन्थ्यो उनका पति सदिक आफ्ना साथीहरु लिएर पुग्थे । उनले युवकलाई कुटपिट गरेर पैसा खोसेर फरार हुन्थे । पीडितहरु बदनामीको डरका कारण प्रहरीसम्म जाँदैनथे । पतिपत्नीले २ वर्षदेखि यो धन्दा चलाइरहेको पाइएको छ । यो अवधिमा उनीहरुले ५० भन्दा बढी युवकलाई लुटेको पाइएको छ । डिसी नेपाल बाट