सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो। शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस्न लागेको हो।

बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। जसमा नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिध सभा तर्फ गठबन्धन झण्डै बहुमत नजिक छ। पूर्व सहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।

तर माओवादी र एकीकृत समाजवादीले भने चित्तबुझ्दो भाग नदिए अर्को गठबन्धन बन्नसक्ने चेतावनी पनि दिँदै आएका छन्। यतिबेला दलहरु सरकार गठनका लागि तीव्र तयारीमा लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय