सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो। शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस्न लागेको हो।

बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। जसमा नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिध सभा तर्फ गठबन्धन झण्डै बहुमत नजिक छ। पूर्व सहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।

तर माओवादी र एकीकृत समाजवादीले भने चित्तबुझ्दो भाग नदिए अर्को गठबन्धन बन्नसक्ने चेतावनी पनि दिँदै आएका छन्। यतिबेला दलहरु सरकार गठनका लागि तीव्र तयारीमा लागेका छन्।