बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ।

बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको र आजै गठबन्धन दलहरूले संयुक्त विज्ञप्त जारी गर्ने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो दल बनेको कांग्रेसले सत्ता समीकरणकै विषयमा छलफल गर्न आज गठबन्धन दलहरूको बैठक डाकेको हो। बैठकमा कांग्रेस नेताहरूले माओवादी केन्द्रको पदाधिकारी बैठकले अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय गरे शंका उत्पन्न भएकाे बताएका थिए ।

बैठकमा कांग्रेसबाट वरिष्ठ नेता पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी थिए भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी थिइन्।