मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
मनाङ (ख) बाट चुनाव जितेका उनी गण्डकी प्रदेशसभामा अव एकीकृत समाजवादीको सिङ्गल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसदले व्यवस्था गर्नेछ ।

यहाँ एकीकृत समाजवादीले समानुपातिक तर्फ पनि थ्रेसहोल्ड कटाएको छ । तर समानुपातिक सांसद बन्ने मत भने पुग्दैन ।

उनी एसका अध्यक्ष माधवकुमार नेपाल मार्फत पार्टी प्रवेश गरेका हुन् । मनाङे अघिल्लो कार्यकालमा पनि सांसद थिए । सुरुमा स्वतन्त्र जितेका उनी एमाले सत्तामा हुँदा एमाले प्रवेश गरे ।

पछि काँग्रेस सत्तामा गएपछि एमालेको साथ छोडेर गठबन्धनको पछि लागे । अहिले गण्डकीमा स्वतन्त्र सांसदको खासै महत्त्व छैन । किनकि सरकार गठनमा स्वतन्त्रको भूमिका देखिँदैन ।

त्यसैले उनी गठबन्धनको त्यो पनि सबैभन्दा कमजोर दलमा प्रवेश गरे । यसको अर्थ मनाङे पुनः गण्डकीको प्रभावशाली मन्त्रालयमा पुग्ने बाटो कोरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय