काठमाडौं । उपसभामुख पदको उम्मेदवार टुंगो लगाउन आज (शुक्रबार) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

पार्टीले सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा दाबी गरेको थियो । सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णय समेत गरेको थियो । सोहीअनुसार पार्टीले संसदीय दलको बैठबाट उपसभामुखको उमेदवार टुंगो लगाउन लागेको जनाइएको छ ।

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुँदैछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक बाध्यताका कारण अब उपसभामुखमा महिला नै हुनुपर्नेछ । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी छन् ।

‘प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकतामा राख्ने नीति छ । त्यस आधारमा मेरो नाममाथि छलफल चलेको छ’ उपसभामुखको आकांक्षी सांसद गौतम भन्छिन्, ‘तर, औपचारिक निर्णय संसदीय दलको बैठकले नै गर्नेछ ।’

नेताहरुका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिँदा सोबता एक्ली उम्मेदवार हुन् । रास्वपामा प्रत्यक्ष निर्वाचित दुई महिलामध्यो डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् । समानुपातिक पद्धतिबाट रास्वपामा डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर, निशा डाँगी, बिनीता कठायत र लक्ष्मी तिवारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88