चितवन-२ बाट १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दैनिवेदन दिएका छन्।

उक्त क्षेत्रबाट ४९ हजार ३ सय मत ल्याएर विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद माथी अदालतले गरेको फैसला अनुसार सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आज आइतबार निर्वाचन आयोग पुगेका हुन्। 

निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै उनी आयोगमा पुगेका हुन्। 

निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेकोमा त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो भनेर श्रेष्ठले आफू नजिर कायम गर्ने हिसाबले निर्वाचन आयोग पुग्न लागेको बताएका छन।

निर्वाचन आयोगले भने रिक्त भएको चितवन-२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार उक्त क्षेत्रमा उपनिर्वाचन हुने बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah