राष्ट्रपति निर्वाचनको विषयमा सत्ता गठबन्धन दलहरु माझ असमझदारी चुलिदै गएको छ। सत्ता बांडफांडको बखत माओवादी लाइ प्रधानमन्त्री दिएर एमालेले राष्ट्रपति र समामुख आफुले पाउनुपर्ने कुरामा जोड गरेपछि त्यसै अनुसार सहमति भएको थियो तर विश्वासको मत लिइसके पछी प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिको निम्ति राष्ट्रिय सहमतिमा जानुपर्छ भन्न थालेका छन।
हुन त अघिल्लोपटक नेकपाको बहुमत आउँदा आधा आधा कार्यकाल सरकार चलाउने भनि सहमति गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड लाइ सत्ता हस्तान्तरण गर्न आनाकानी मात्र गरेनन दुइ दुइ पटक संसद बिघटन गरेर संविधानको धज्जी समेत उडाए सोहि कारण माओवादी मात्र होइन नेकपा एमाले बनाउन जीवन समर्पण गरेका धेरै नेताहरु अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गर्न पुगे, त्यसकै बदलास्वरूप विश्वासको मत लिएर एमालेलाई अघिल्लोपटक गरेको घातको स्वाद चखाउन त होइन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति गैरदलीय होस् भन्ने अभिव्यक्ति दिएका त् होइनन भन्ने प्रश्न उब्जेको छ।
यहि परिप्रेक्षमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपतिको सवालमा गठबन्धनभित्रै अविश्वास पैदा भए यो संविधान र व्यवस्थाको भविष्य नै अन्योलमा पर्ने बताएका छन् उनले सत्ता साझेदार दलहरु बिचमै बढेको अविश्वासले राम्रो संकेत नगरेको बताएका छन् । रातोपाटिसँग कुरा गर्दै उनि भन्छन, राष्ट्रपतिको निर्वाचनपछि संघीयता र संविधान रहन्छ भन्ने विश्वास गर्न सकिदैन किनभने मान्छेहरू यो व्यवस्था र संविधानको विकल्प खोजिरहेका छन्, संविधान र व्यवस्थाविरुद्ध सडकदेखि संसदमै अभिव्यक्तिहरू आइरहेका छन्।