वैभवलक्ष्मी ब्रतको महत्त्व तथा विधी:

वैभवलक्ष्मी लाई आठ लक्ष्मीहरुको संयुक्त प्रतीक मानिन्छ, धन, धान्य,ऐश्वर्य, सन्तान आदिको प्राप्तिको निम्ति सबैभन्दा श्रेष्ठकर व्रत वैभवलक्ष्मीको व्रत लाई मानिन्छ भने प्रत्येक शुक्रवार वैभवलक्ष्मीको व्रत बस्नाले मानिसको हरेक मनोकामना पूरा हुने विश्वास गरिन्छ साथै यो व्रत महिला या पुरुष जो सुकैले पनि गर्न मिल्छ।

ब्रतका केही सामान्य नियम यस्ता छन:
१. व्रत आफ्नै बासस्थानमा गर्नुपर्छ, घरबाट बाहिर जानुपर्यो भने त्यो दिन बिहानै माता सँग माफी मागी अर्को हप्तादेखी निरन्तर व्रत लिन सकिन्छ।

२. यदि घरमा स्त्री रजस्वला छिन या सुतक या जुठो परेको छ भने त्यो समयभरी मातालाई सम्झेर सुतक या जुठो सकिएपछी पुनः व्रत निरन्तर गर्छु भन्ने प्रण लिनुपर्छ।

३. शुरु गर्ने बेलामा नै आफुले संकल्प गर्नुपर्छ कि आफुले कति हप्ताको व्रत लिने हो जस्तै; ११, २१, ५१…. तर आफुले जति हप्ताको संकल्प गरेको हो त्यति हप्ता जसरी पनि पूरा गरेर उद्यापन गर्नुपर्छ।

४. उद्यापनको दिन कम्तिमा ७ कन्या या विवाहित सौभाग्यवति महिला हरुलाइ टीका लगाई प्रसाद, दक्षिणा र वैभव लक्ष्मी को महिमा तथा व्रत विधि भएको पुस्तक दिनुपर्छ।

५. माता लक्ष्मीप्रती पुर्णतया विश्वास गर्दै माताले मेरो मनोकामना अवश्य पूरा गरिदिनुहुनेछ भन्ने विश्वास राख्नुपर्छ।

व्रत विधी:
१.बिहान मिर्मिरेमा उठेर स्नान गरि पुर्वपट्टि फर्किएर माता लक्ष्मीको जय भन्नुहोस र आफुले व्रत लिने जम्मा दिन जस्तै ११,२१…. व्रत लिनेछु मलाई माताले (आफुले इच्छाएको) मनोकामना पुर्ण गरिदिनुहुनेछ भनेर संकल्प गर्नुहोस।

२. दिनभर हृदयमा जय मा लक्ष्मी जपिरहनुहोस।

३. मनमा कुनै किसिमको डर, लोभ, काम क्रोध नराखी आफ्नो सम्पुर्ण दिन मातालाइ समर्पित गर्नुहोस।

४. स्वस्थ व्यक्तिले निराहार या फलाहार गरेर, वृद्ध वृद्धा या रोगी या औषधि खाइरहेका हरुले बिहान सादा रोटि सँग दूध दहि फल वा नुन र मसला नहालेको सादा खाना खाएर पनि व्रत लिन सकिन्छ।

५. बेलुका माताको माथी तस्विरमा देखाइएको झैँ आठ स्वरूप र श्रीयंत्रको दर्शन गरि पूजा शुरु गर्नुपर्छ र आरति गरि माताको महिमा पढेर प्रसाद सबैलाई बाडेर आफुले पनि लिई लसुन प्याज र मसला नहालेको सामान्य खाना खान सकिन्छ त्यसैगरी माताको महिमा र मन्त्रहरु सहित सम्पुर्ण जानकारीको निम्ति वैभवलक्ष्मी ब्रतकथा नामक पुस्तक पूजा सामाग्री पसलमा सहजै प्राप्त गर्न सकिन्छ।

यसरी आफुले संकल्प गरेको जति दिन पुर्ण निस्ठाले व्रत बस्ने हो भने जुनसुकै सकारात्मक मनोकामना माताले पूरा गर्दिनुहुनेछ।

मातालाइ पूजा गर्ने मन्त्र:

या रक्ताम्बुजबासिनी बिलासिनी चण्डांस तेजास्विनी
या रक्ता रुधिराम्बरा हरिसखी या श्री मनोल्हादिनी
या रत्नाकर मन्थनात्प्रगटिताम बिष्णु स्वयं गेहिनी
सा मां पातु मनोरमा भगवती लक्ष्मीश्च पद्मावती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88