झापाका व्यवसायी एवं नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राखेर धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान शुरु गरेका कारण पार्टीको हित र मर्म बिपरित काम गरेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्कासित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
साथै शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको बैठकमा अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएका ८१ जनालाई समेत कारबाहीका लागि सिफारिस गरेको एमाले प्रदेश नम्बर १ कमिटीले जनाएको छ।



