सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र)गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्।
प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने–‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ,अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ त्यसैले ‘राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन, राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ।
उनले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशन समेत दिए र भने ‘सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं र उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तरण गरौं।’