सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादव मधेसको प्रतिनिधित्व गरेर राष्ट्रको सबैभन्दा उच्च ओहोदामा पुग्ने प्रथम नेपाली पनि बने त्यसपछि विद्यादेवी भण्डारी उक्त पदमा छिन जो पहिलो महिला र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति समेत हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फाल्गुन २८ गते सकिनै लाग्दा आफ्नो पोल्टामा राष्ट्रपति पद पार्न दलहरू रस्साकस्सि गरिरहेका छन। हुन त रास्ट्रपति पदको निम्ति राष्ट्रिय सहमति मार्फत निर्णय गर्नुपर्ने विचारहरु पनि आइरहेका छन तर नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपतिको निम्ति आ-आफ्ना उम्मेदवार अघि सारिसकेका छन।

नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेल लाई अघि सारेको छ भने नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङ लाई राष्ट्रपतिको रुपमा अघि सारेको छ। दुवै नेताहरू प्रतिनिधिसभा संसदको सभामुख रहिसकेका छन।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल:

तनहुँ बाहुनपोखराका रामचन्द्र पौडेल २०१८ सालदेखि निरन्तर राजनीतिमा छन् भने राजनीतिक यात्राभर पटकपटक गरी उनले १५ वर्ष राजनैतिक बन्दि बनेका थिए त्यस्तै नेपाली कांग्रेसको कार्यवाहक सभापति समेत बनेका पौडेलले उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका छन ऊनी नेपाली राजनीतिमा समाजवादी चिन्तकको रूपमा चिनिन्छन।

२०५१ देखि २०५५ सम्म सभामुखको अनुभव समेत भएका नेता रामचन्द्र पौडेललाई अहिले राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेका छन।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ:

वि.सं. २०२८ सालदेखि राजनैतिक यात्रा शुरु गरेका नेम्वाङ वि.सं. २०३५ सालदेखि वि.सं. २०५२ सालसम्म नेपाल ल क्याम्पसमा अध्यापन गर्दै कानुन व्यवसायमा समेत सक्रिय रहेका थिए भने २०५२ सालमा उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भए।

कानुनी शैक्षिक तथा पेशागत पृष्ठभूमिका मानिस त्यसरी नीति बनाउने र निर्णायक तहमा पुग्नु राजनीतिक सेरोफेरोमा नौलो विषय भएको र परिवर्तनको सङ्केत पनि भएको त्यो बेलाका जानकारहरू बताउँछन्।

संविधान र कानुनबारे कलम चलाउने नेम्वाङ सभामुखहुँदै दुई वटै संविधानसभा अध्यक्ष रहे भने हाल ऊनी नेकपा एमालेको उपाध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय