नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछाने विरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेपनि उनलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन् भने महान्यायाधीवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो तर बहस नसकिएपछि आज ती निवेदनमा मात्र सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ।