साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका निम्ति सहयोग र हेरचाहका लागि सामानहरुले भरिएको विमान पठाएका छन् ।

उनले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपडा, शिशुका लागि खाना र दूध, औषधीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलर बराबरको सरसामान भरिएको विमान पठाएका हुन् ।

सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पताल हरुलाई उनले १० लाख डलर सहयोग समेत गरेका थिए ।

उक्त भूकम्पमा परि सिरिया र टर्कीमा ५० हजार भन्दा बढी मानिसहरुको ज्यान गएको थियो भने अझै हजारौंको संख्यामा बेपत्ता छन।

प्रतिक्रिया

सम्बन्धित खवर