#

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

वासिङ्टन : अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्। आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ । ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको कडा

अमेरिकी प्रहरिले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे

काठमाण्डौ – अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको

निसर्ग आँधी भारतको महाराष्ट्रको तटीय क्षेत्रमा आइपुग्यो,गुजरातका ४७ वटा गाउँ खाली

दक्षिण पूर्वी अरब सागरमा विकास भएको निसर्ग नामको आँधी भारतको महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बइ र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी दिएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने

कोरोनाः अन्तिम संस्कार गरेपछि अस्पतालले भन्यो, ‘बिरामी जिउँदै छन्’

भारतको गुजरातको अहमदाबाद सिभिल अस्पतालमा आइतबार एउटा अचम्मको घटना घटित भयो ।यहाँ सुरुमा एक परिवारलाई कोभिड–१९ का कारण बिरामीको मृत्यु भइसकेको बताइयो । त्यसको भोलिपल्टै पुनः अस्पतालबाट बिरामीको कोरोना परीक्षण नेगेटिभ आएको र स्वास्थ्यमा सुधार भएका कारण घर लैजान सक्ने खबर प्राप्त भयो । उक्त फोन पछि परिवार जब बिरामीलाई लिन अस्पताल पुग्दा पुनः उनीहरुलाई

रुसमा कोरोनाविरुद्धको औषधिलाई स्वीकृति

एजेन्सी- रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको पारेको थियो। ११ जूनदेखि संक्रमितहरुलाई दिइने भनिएको यो एन्टिभाइरस औषधि रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका स‌क्रमितलाई दिनका लागि स्वीकृति दिइसकेको छ। एभिफ्याभिर नामको यो औषधि कोरोना भाइरसविरुद्ध सफल रहेको रुसी अधिकारीहरुको दाबी छ। रसियन

पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर चीन र भारत बिच तनाव बढ्दै, दुबै देशले हतियार र सैनिक गतिविधि बढाए

भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबैदेशबिच बढेको तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो। सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने

विश्वका यी नेता : सरल जीवन, उच्च प्रतिष्ठा

विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । कोलिन्डा ग्राभर, क्रोएसियाकी पूर्वराष्ट्रपति कोलिन्डाको सामान्य जीवनशैली संसारभर

चीनले भन्योः कोरोनाविरुद्धको खोप ६ महिनापछि बजारमा आउन सक्छ

चीनले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२०) को अन्तिमसम्म बजारमा आउने सम्भावना रहेको दाबी गरेको छ। चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउन सक्ने जानकारी दिएको हो । उसका अनुसार वुहान इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र बेइजिङ

जर्ज फ्लयडकाे मृत्युपछि अमेरिकामा श्वेत–अश्वेत राजनीतिक सरगर्मी

अमेरिकाको मिनेपोलिस शहरसमेत कैयौँ ठाउँको सडकमा मानिसहरुको आक्रोश देखिएको छ । एक भिडियो क्लिप भाइरल भएपछि मानिसहरुको आक्रोश देखिएको हो, जुन भिडियोमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लयड नाम गरेको एक निहत्था अश्वेत व्यक्तिको गर्धनमा घुँडा राखेर उसलाई दबाइएको देखिन्छ । त्यसको केही मिनेटपछि ४६ वर्षीय जर्ज फ्लयडको मृत्यु भयो । जर्ज उनको आसपास रहेका

भारतले कश्मीरमाथि उडाएको ‘जासूसी’ ड्रोन पाकिस्तानले खसाल्यो

इस्लामाबाद : कश्मीरको आकाशमा उडेको ड्रोनलाई भारतले जासूसीका लागि प्रयोग गरेको भन्दै पाकिस्तानले खसालिदिएको छ । सानो आकारको उक्त ड्रोन बुधबार विवादित हिमाली क्षेत्रको आकाशमा उडेको थियो । पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा ड्रोन खसालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ । भारतीय पक्षबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन ।