तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको घोषणा गरेका छन्।

अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनेई र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन्।

“खामेनेईको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्।

इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ। खामेनीसँगै इरानका अन्य शीर्ष नेता पनि मारिएको उनले दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले खामेनेईको मृत्युलाई इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर भएको उल्लेख गरेका छन्। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी), सेना र प्रहरी बलले अब लड्न नचाहेको र आफूहरूसँग इम्युनिटी मागिरहेको समेत उनले जिकिर गरेका छन्।

ट्रम्पले चेतावनीपूर्ण भाषामा भनेका छन्, “मैले हिजो राति नै भनेको थिएँ- उनीहरूले अहिले आत्मसमर्पण गरे माफी पाउनेछन्, ढिलो गरे मृत्यु मात्र हात लाग्नेछ।”

उनले इरानी सुरक्षा निकायहरूलाई त्यहाँका देशभक्त नागरिकहरूसँग मिलेर देशलाई पुनः गौरवान्वित बनाउन आह्वान गरेका छन्।

एकै दिनको आक्रमणले इरानको सैन्य संरचना क्षतविक्षत भएको दाबी गर्दै ट्रम्पले सैन्य कारबाही तत्काल नरोकिने स्पष्ट पारेका छन्। मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने लक्ष्य पूरा नभएसम्म बमबारी जारी रहने उनले बताएका छन्।

इरानले भने हालसम्म आफ्ना सर्वोच्च नेताको मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88