कुवेतको मंगाफ शहरस्थित एक आवास गृहमा भएको आगलागीमा मृत्यु भएका अधिकांस भारतीय नागरिक भएको पुष्टि भएको छ ।

६ तले भवनको पहिलो तलाबाट आगो सल्किदा भएको आगलागीबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

आगलागीमा ५० जना घाइते भएका छन् । मृतकमध्ये ४१ जना भारतीय रहेको दक्षिण भारत केरला र तमिलनाडुका श्रमिक रहेको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् । सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ ।

यसैबीच, भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जादै छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ ।

आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय