इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको दाबी गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।

नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ ।

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदायलक्षित हमासको आक्रमणमा कम्तिमा १ हजार २०० जनाको मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या १२९ रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

mimislot
slot gacor
slot gacor